एजेन्सी । २४ फेब्रुअरीदेखि जारी युक्रेन र रुसबीच युद्ध भएको १० दिन बितिसकेको छ । आज यो युद्धको ११ औं दिन रहेको छ । राजधानी कीभ, खार्किभ लगायत अन्य सहरमा रुसी आक्रमण जारी छ ।
यसले युक्रेनको ग्यास प्रसारण प्रणालीको १६ ग्यास आपूर्ति स्टेशनहरू बन्द गरेको छ ।
यसैबीच, रुसी सेनाहरू किभबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको कनिव हाइड्रोइलेक्ट्रिक पावर प्लान्टतर्फ अघि बढिरहेको युक्रेनी सेनाले दाबी गरेको छ । यसअघिको दशौं दिन रुसले युक्रेनमा युद्धविरामको घोषणा गरे पनि केही घण्टापछि अन्त्य गरेको थियो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युक्रेनले नझुकेको खण्डमा उसलाई सखाप पार्ने’ धम्की दिएका छन् । जवाफमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘हामी स्वतन्त्रताका लागि लड्ने र कसैको अगाडि झुक्ने छैनौं’ भनेका छन् ।