१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश–१ का मुख्यमन्त्री राईसहित मन्त्रीहरुले लिए शपथ



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आजै मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीका रुपमा जनता समाजवादी पार्टीका नेता जयराम यादवले शपथ लिएका हुन् । 

सामाजिक विकास राज्यमन्त्रीका रुपमा विष्णुमाया तुम्बाहाम्फेले पनि शपथ लिएकी छन् ।