५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी आक्रमणका कारण युक्रेनका १६ वटा ग्यास आपूर्ति केन्द्र बन्द



अ+ अ-

एजेन्सी । २४ फेब्रुअरीदेखि जारी युक्रेन र रुसबीच युद्ध भएको १० दिन बितिसकेको छ । आज यो युद्धको ११ औं दिन रहेको छ । राजधानी कीभ, खार्किभ लगायत अन्य सहरमा रुसी आक्रमण जारी छ । 

यसले युक्रेनको ग्यास प्रसारण प्रणालीको १६ ग्यास आपूर्ति स्टेशनहरू बन्द गरेको छ ।

यसैबीच, रुसी सेनाहरू किभबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको  कनिव हाइड्रोइलेक्ट्रिक पावर प्लान्टतर्फ अघि बढिरहेको युक्रेनी सेनाले दाबी गरेको छ । यसअघिको दशौं दिन रुसले युक्रेनमा युद्धविरामको घोषणा गरे पनि केही घण्टापछि अन्त्य गरेको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युक्रेनले नझुकेको खण्डमा उसलाई सखाप पार्ने’ धम्की दिएका छन् । जवाफमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘हामी स्वतन्त्रताका लागि लड्ने र कसैको अगाडि झुक्ने छैनौं’ भनेका छन् ।