३० भाद्र २०८३, मंगलवार
,
Latest
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी आक्रमणका कारण युक्रेनका १६ वटा ग्यास आपूर्ति केन्द्र बन्द



अ+ अ-

एजेन्सी । २४ फेब्रुअरीदेखि जारी युक्रेन र रुसबीच युद्ध भएको १० दिन बितिसकेको छ । आज यो युद्धको ११ औं दिन रहेको छ । राजधानी कीभ, खार्किभ लगायत अन्य सहरमा रुसी आक्रमण जारी छ । 

यसले युक्रेनको ग्यास प्रसारण प्रणालीको १६ ग्यास आपूर्ति स्टेशनहरू बन्द गरेको छ ।

यसैबीच, रुसी सेनाहरू किभबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको  कनिव हाइड्रोइलेक्ट्रिक पावर प्लान्टतर्फ अघि बढिरहेको युक्रेनी सेनाले दाबी गरेको छ । यसअघिको दशौं दिन रुसले युक्रेनमा युद्धविरामको घोषणा गरे पनि केही घण्टापछि अन्त्य गरेको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युक्रेनले नझुकेको खण्डमा उसलाई सखाप पार्ने’ धम्की दिएका छन् । जवाफमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘हामी स्वतन्त्रताका लागि लड्ने र कसैको अगाडि झुक्ने छैनौं’ भनेका छन् ।