१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा, लेवान्डोस्कीले गरे ह्याट्रिक



अ+ अ-

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । 

समूह चरणको खेल अन्तर्गत मंगलबार राति बायर्नको मैदानमा भएको खेलमा बायर्नले पोर्चुगीज क्लब बेन्फिकालाई ५-२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । 

उनले खेलको २६, ६१ र ८४ औं मिनेटमा गोल गरेका हुन् । यस्तै ३२ औं मिनेटमा सर्ज गनाब्री र ४९ औं मिनेटमा लेरोइ सानेले गोल गर्दा बायर्न ५-२ गोलले विजयी बन्यो । 

यता बेन्फिकाका लागि ३८ औं मिनेटमा मोराटो र ७४ औं मिनेटमा डार्विन नुनेजले गोल गरे ।