१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रोनाल्डोले युनाइटेडलाई हारबाट जोगाए



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनायटेडले बराबरी खेलेको छ । 

मंगलबार राति भएको खेलमा युनाइटेड इटालियन क्लब एटलान्टासँग बराबरी खेल्दै अंक बाँडेको हो । एटलान्टाको घरेलु मैदानमा खेलको १२ औं मिनेटमा जोसी लिकिचले गोल गर्दै एटलान्टालाई सुरुवाती अग्रता दिलाएका थिए । 

पहिलो हाफको इन्जुरी समयमा युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै १-१ को बराबरीमा ल्याए । 

५६ औं मिनेटमा डुभान जापाटाले गोल गर्दै एटलान्टालाई २-१ को अग्रतामा लगे । खेल सकिनै लाग्दा इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै २-२ को बराबरीसहित टोलीको हार टारे ।