१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमको मुख्य प्रशिक्षकमा कोन्टे नियुक्त



अ+ अ-

एजेन्सी ।  प्रिमियर लिग क्लब टोटेनहमले इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

क्लबले नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोलीपल्ट मंगलबार कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

सम्झौता थप्ने विकल्पसहित कोन्टेले टोटेनहमसँग २ वर्षको सम्झौता गरेका छन् । 

कोन्टेले चेल्सीलाई २०१६/१७ मा प्रिमियर लिग उपाधि दिलाएका थिए भने २०१८ मा एफए कपको उपाधि दिलाएका थिए । 

गत सिजन उनले इटालियन क्लब मिलानलाई सिरि ‘ए’ जिताएका थिए ।