१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति समक्ष सरकारकाे वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालको सविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन सम्बन्ध एवं सुशासन (व्वस्थापन तथा संञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/२०७८मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

 

यसैगरी राष्ट्रपति समक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७७/२०७८को प्रतिवेदन पनि पेश गर्नुभएको छ । प्रतिवेदन पेश गर्ने समारोहमा गृहमन्त्री बालकृष्ण खाँड, संञ्चार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।