१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

अक्षय कुमारको ‘बच्चन पाण्डे’माथि बलिउडको भरोषा

अक्षय कुमारको ‘बच्चन पाण्डे’माथि बलिउडको भरोषा
अ अ+ अ-

एजेन्सी । अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’को बक्स अफिसमा सफलताले बलिउड इन्डस्ट्री र व्यापारिहरुको आशा जगाएको छ । 

मार्च ४ देखि महाराष्ट्रका १४ सहर र जिल्लाका थिएटरहरूलाई शतप्रतिशत अकुपेन्सीका साथ सञ्चालन गर्न अनुमति दिइएको छ । सरकारको यो निर्णयपछि यसै महिनामा नै चलचित्रको व्यापार धेरै गुणा बढ्ने फिल्मी उद्योगले अपेक्षा गरेका छन् ।

यो महिनाको सबैभन्दा प्रतिक्षित फिल्ममध्ये एक अक्षय कुमार स्टारर ‘बच्चन पाण्डे’ मार्च १८ मा रिलिज हुँदैछ । अक्षय कुमारको यो चलचित्रले बक्स अफिसमा धेरै कमाइ गर्ने निर्माता तथा चलचित्र व्यवसाय विशेषज्ञ गिरीश जोहर दाबी गर्छन् । 

उनी भन्छन्, ‘यसपटक पनि उनको फिल्मबाट बलिउडले धेरै आशा राखेको छ । धेरै महिनापछि शतप्रतिशत दर्शकले चलचित्र हलमा हेर्न पाउनेछन् । बच्चन पाण्डे एक हार्डकोर कमर्शियल इन्टरटेनिङ फिल्म हो, जसको दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । म पक्का छु कि यसले पहिलो दिनदेखि नै बक्स अफिसमा सनसनी मच्चाउनेछ। सामान्यतया यस्ता व्यावसायिक चलचित्रको सुरुवात राम्रो हुन्छ ।’ 

फिल्ममा अक्षय कुमार र कृति सेननका अलावा ज्याकलिन फर्नान्डिज, स्नेहल डब्बी, अभिमन्यु सिंह र सहर्ष कुमार शुक्लाको पनि अभिनय रहेको छ । फिल्मको कथा एक ग्याङ्स्टरको वरिपरि घुमेको छ । यो ग्याङ्स्टर अभिनेता बन्न चाहन्छ। कृति सेनन एक पत्रकार हुन् जो फिल्म निर्देशक बन्न चाहन्छिन्। फिल्ममा अर्शद वारसी, पंकज त्रिपाठी र प्रतीक बब्बरको पनि अभिनय रहेको छ ।

निश्चय कुटाण्डाले लेखेको चलचित्रलाई फरहाद शामजीले निर्देशन गरेका हुन् । यसअघि सन् २०२० को क्रिसमसमा यो फिल्म रिलिज हुने तय भएपनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।