७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

एमालेको महाधिवेशन तयारीः उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

एमालेको महाधिवेशन तयारीः उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ ।
 
आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपीपी) का स्थायी कमिटीका सदस्यहरुलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा मुलुकका राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिनेछ । निमन्त्रणा गरिएका विदेशस्थित पार्टीबाट सकारात्मक सन्देश प्राप्त भएको जनाउँदै उहाँले नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ ।
    
 नेपालको मध्यभाग र पर्यटकीय गन्तव्यमा मानिने चितवनमा हुने महाधिवेशानले मुलुकको राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशा दिने पार्टीका सचिव भट्टराईले बताउनुभयो । मङ्सिर १० गते भरतपुरस्थित नारायणी नदीको मैदानमा जनसमुदायको उपस्थितिमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । उद्घाटनस्थलमा अहिले सम्याउने र खाल्डाखुल्डी पुर्नेलगायतका काम भइरहेको छ भने बन्दसत्र सौराहास्थित हात्तीसारमा गर्ने गरी संरचना निर्माण गरिएको छ । प्रतिनिधिलाई बसोबासका लागि सौराहास्थित होटलमा व्यवस्था गरिएको छ । 
  
सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त  गर्नुभयो । उहाँले भन्नुभयो, “प्रस्तुति र जोडकोणमा नेताहरुका केही भिन्नता होलान् र आमरुपमा पार्टीको विचार, नीति र विधानका सम्बन्धमा अब कुनै अन्योल छैन ।” पत्रकारको जिज्ञासाका क्रममा नेता भट्टराईले एमाले मुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिको प्रमुख हिस्सेदार रहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको सही कार्यान्यनका क्रममा चुनौती खडा गरेको आरोप लगाउनुभयो । अर्को प्रश्नको जवाफमा उहाँले एमालेबाट अलग भएर बनेको नेकपा ९एकीकृत समाजवादी० पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनुनपर्ने स्पष्ट गर्नुभयो ।
    
नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ भने गत असोजमा सम्पन्न विधान महाधिवशेनले पारित गरेका विभिन्न प्रतिवेदन र विधान संशोधनका दस्तावेज प्रकाशन गरी वितरण गरिने प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
 
२२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने
 
विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । विधान महाधिवेशनले पारित गरेका राजनीतिक, साङगठानिक तथा विधानसम्बन्धी व्यवस्थाको बुझाइमा एकरुपता कायम गर्दै तिनको वैचारिक, राजनीतिक तथा साँगठानिक जगमा पार्टीलार्ई थप सुदृढ र एकताबद्ध गर्न दशौँ राष्ट्रिय महाधिवेशनले ठोस् रुपमा मार्गदर्शन गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।  

महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते देशैभरि एकसाथ देहाय बमोजिम गरिनेछ भने बाँकी रहेका स्थानीय तह र वडास्तरका अधिवेशन यही कात्तिक २५ गतेभित्र सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।

प्रतिनिधिमा ३३ प्रतिशत महिला सुनिश्चित

पार्टीले केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी समेत सदस्यमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि, सल्लाहकार परिषदका अन्य सदस्य राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उहाँहरूलाई मताधिकार नहुने प्रबन्ध गरेको छ । प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँचजनाका दरले निर्वाचित हुने प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधि, सो सङ्ख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, १६०० सम्म सदस्य थप भएमा थप दुईजना, २४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि तथा तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।     

देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित प्रतिनिधि हुनेछन् । सो सङ्ख्यामा ८०० सम्म सदस्य थप भएमा थप एकजना, १६०० सम्म सदस्य थप भएमा थप दुईजना, २४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित प्रतिनिधि हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एकजना महिला अनिवार्य हुनेछन् ।

देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि र सो सङ्ख्यामा ५०० सम्म सदस्य थप भएमा थप एकजना, १००० सम्म सदस्य थप भएमा थप दुई जना, १५०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सो भन्दा बढी भएमा सोही अनुपातमा दलित प्रतिनिधि निर्वाचित हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एकजना महिला अनिवार्य हुनेछन् ।

यस्तै भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सातजनाका दरले निर्वाचित हुने प्रनितनिधि, भारत, अमेरिका ९क्यानडा समेत०, युरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधिलाई आधार मानिनेछ । पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यबाट निर्वाचित हुने कम्तीमा दुई महिलासहित पाँचजना प्रतिनिधि । विभागका सचिव र सदस्य विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकोमध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्नेछन् । 

स्वदेशका  २२ जनङ्गठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् । महाधिवेशनको मूल व्यवस्थापन समितिको कार्यालय भरतपुरस्थित नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १५ गते शुभारम्भ गरिसक्नुभएको छ । र, त्यहीँबाट आवश्यक तयारी कार्यको संयोजन भइरहेको छ । तिहार लगत्तै सौराहामै उक्त कार्यालय पनि सार्ने योजना रहेको छ  ।