१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटनस्थल निरीक्षण



अ+ अ-

चितवन । नेकपा (एमाले) को १०औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गर्नुभएको छ । आज उहाँसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गर्नु भएको हो । उहाँले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गर्नुभएको थियो । यो ठाउँ बाहेक जिल्लामा विकल्पका बारेमा पनि उहाँले जिज्ञासा राख्नुभएको थियो ।
 
सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।  केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तर तर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताउनुभयो । 

उहाँले नदी किनारमा व्यवस्थापन गरेर पाँच लाख हाराहारी सहभागी हुनसक्ने जानकारी दिनुभयो । नेकपा ९एमाले०को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । उद्घाटन सत्रमा एमालेले पाँच लाख जनता उतार्ने योजना बनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने कार्यक्रम तय भएको छ । यस स्थानको अध्ययनका लागि केन्द्रको थप टोली केही दिनमा आउने एमाले चितवनले जनाएको छ ।