३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसजेएफ अवार्ड मनोनयन सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोट्र्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आईतबार सार्वजनिक गरिएको छ । 

एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । मञ्चको छनोट समितीले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठसँगै फुटबलकी एन्जिला तुम्बापो सुब्बा मनोनयमा परेका छन् । यस्तै टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका जुनियर नम्बर वान प्रिन्स दाहाल रहेका छन् ।

मनोनयनमा पर्न सफल खेलाडीलाई इ–सेवाबाट प्राप्त मत, खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकले मतको आधारमा चैत ८ गते हुने कार्यक्रममा विजेता घोषणा गरिनेछ ।  समर्थकको मत ५० प्रतिशत रहनेछ भने फेसबुक पेजबाट प्राप्त लाइकको मतभार २५ प्रतिशत हुनेछ । यसैगरी राष्ट्रिय प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२.५ प्रतिशत हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि नै एनएएजेएफ पल्सर स्पोट्र्स अवार्डको १८ औँ संस्करणलाई दशक अवार्डका रूपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ । अरू विधामा दशक अवार्डबाट खेलाडी सम्मान हुने भए पनि पिपल्स च्वाइज विधालाई नियमित अवार्डका रूपमा राखिएको छनोट समितका संयोजक गोविन्द रेग्मीले जानकारी दिनु भयो ।

एनएसजेएफले प्रदान गर्ने अवार्डमा पिपल्स च्वाइसबाहेक सर्वोेत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डबाट खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ । दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार जित्नेछन भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।  

आइतबारकै कार्यक्रममा एनएसजेएफले विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवासँग पिपल्स च्वाइस विधाको भोटिङका लागि प्रायोजन सम्झौता गरेको छ । एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी र ईसेवाका चिफ म्यानेजर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो ।