१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

एनएसजेएफ अवार्ड मनोनयन सार्वजनिक

एनएसजेएफ अवार्ड मनोनयन सार्वजनिक
अ अ+ अ-

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोट्र्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आईतबार सार्वजनिक गरिएको छ । 

एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । मञ्चको छनोट समितीले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठसँगै फुटबलकी एन्जिला तुम्बापो सुब्बा मनोनयमा परेका छन् । यस्तै टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका जुनियर नम्बर वान प्रिन्स दाहाल रहेका छन् ।

मनोनयनमा पर्न सफल खेलाडीलाई इ–सेवाबाट प्राप्त मत, खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकले मतको आधारमा चैत ८ गते हुने कार्यक्रममा विजेता घोषणा गरिनेछ ।  समर्थकको मत ५० प्रतिशत रहनेछ भने फेसबुक पेजबाट प्राप्त लाइकको मतभार २५ प्रतिशत हुनेछ । यसैगरी राष्ट्रिय प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२.५ प्रतिशत हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि नै एनएएजेएफ पल्सर स्पोट्र्स अवार्डको १८ औँ संस्करणलाई दशक अवार्डका रूपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ । अरू विधामा दशक अवार्डबाट खेलाडी सम्मान हुने भए पनि पिपल्स च्वाइज विधालाई नियमित अवार्डका रूपमा राखिएको छनोट समितका संयोजक गोविन्द रेग्मीले जानकारी दिनु भयो ।

एनएसजेएफले प्रदान गर्ने अवार्डमा पिपल्स च्वाइसबाहेक सर्वोेत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डबाट खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ । दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार जित्नेछन भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।  

आइतबारकै कार्यक्रममा एनएसजेएफले विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवासँग पिपल्स च्वाइस विधाको भोटिङका लागि प्रायोजन सम्झौता गरेको छ । एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी र ईसेवाका चिफ म्यानेजर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो ।