१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली महाधिवेशन स्थलको निरिक्षणमा



अ+ अ-

काठमाडौ । नेकपा (एमाले) को १० औं महाधिवेशनको आयोजना स्थलको नेकपा एमालेका अध्यक्ष केपी ओलीले निरिक्षण गर्नुभएको छ । केही दिन देखी चितवनमा रहनु भएका अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन सत्र हुने स्थान  चितवनको नारायणी किनारमा पुगि तयारीका बारेमा जानकारी लिनु भएको  हो  ।

मंसिर १० देखी १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ । त्यस्तै अध्यक्ष ओलीले राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यलयको उद्घाट्न समेत गर्नुभयो । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ ।

समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल लगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक एक जना प्रतिनिधि रहेका छन् । ओली संगै मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, स्थायी समिति सुरेन्द्र पाण्डे, प्रभु शाह, कृष्णभक्त पोखरेल , पार्बती रावल लगायतका नेताहरु सहभागी हुनुहुन्थो ।