९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पर्वमा रमाउदै राजदूतहरु



अ+ अ-

काठमाण्डौ । नेपालका लागि बिभिन्न मुलुकका राजदूतहरुले नेपाली परम्परा  र सस्कृतिलाई निकै रमाईलो संग मनाउने गराउने गरेका छन् ।  यस अघि दशैको समयमा पनि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले बिजयादशमीको दिन टिका लगाएको र लगाईदिएको फोटो सामाजिक संञ्जालमा  राख्नु भएको थियो ।  यस्तै तिहार  पर्ब  अन्तरगत कुकुर तीहारको दिन नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कुकुर पुजा गर्दे गरेको तस्वीर राख्नु भएको थियो ।  

यस्तै लक्ष्मी पुजाको साँझ अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले  आफ्नो निबासमा  दिपाबली गर्नुभएको छ ।

बुधबार  कुकुर तीहारको दिन पनि संयुक्त अधिराज्य बेलायतकी  राजदूत निकोला पोलिटले आफ्नो निबासको मुलढोका अगाडी रंगोली बनाउदै दीपावलीको शुभकामना दिनु भएको थियो।

यो पनि पढ्नुहोस- नेपाली पर्वमा रमाउदै कुटनीतिज्ञहरु

सामाजिक संञ्जाल ट्विटरमा रंगोली बनाउदै  गरेको फोटो राख्दै राजदूत पोलिटले काठमाण्डौस्थित बेलायती राजदूतावासको तर्फबाट सबैमा दीपावलीको महान पर्वको शुभकामना  व्यक्त गर्नुभएको छ ।