१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संस्कार र संस्कृति संरक्षण गर्नुपर्छ’



अ+ अ-

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्कार र संस्कृति संरक्षण गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । 

नेवार समुदायभित्रै संस्कृति हराउँदै जान थालेको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्छ । तब मात्र संस्कृतिको संरक्षण हुन्छ ।” उहाँले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको बताउनुभयो । नेपाल संवत्को अवसरमा सबै जातजातिबीच सद्भाव कायम गर्न प्रेरणा मिल्नुपर्ने उहाँको भनाइ थियो । 

उहाँले कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने जनाउँदै भन्नुभयो, “बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।”

कार्यक्रममा गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विकले जिल्लाको विकास निर्माणमा तीन तहको सरकारको हातेमालो रहने बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक सद्भाव कायम गर्न नेपाल संवत्बाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो । पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठले नेवारको संस्कृति नेपालको सम्पत्ति भएकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेवाः दवुका केन्द्रीय उपाध्यक्ष शङ्करनारायण श्रेष्ठले नेपाल संवत्लाई व्यवहारिक बनाउन सरकारसँग आग्रह गर्नुभयो ।