१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

सार्वजनिक यातायातको भाडादर आफैं बढाउने व्यवसायीहरुको चेतावनी

सार्वजनिक यातायातको भाडादर आफैं बढाउने व्यवसायीहरुको चेतावनी
अ अ+ अ-

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ । 

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिनु भएको हो ।

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताउनु भयो । 

उहाँले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा बढाउने निर्णय गरि सकेको जानकारी दिनु भयो । यातायात व्यवसायीहरुले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाई छ । उहाँले २५ गते भित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताउनु भयो । 

सिटौंलाले सरकारले यातायात व्यवसायीहरुको मागको सुनुवाइ समेत नगरी नतमस्तक भएर बसेको तर्क गर्नु भयो । सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गर्नु भयो । उहाँले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गर्नु भयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले सार्वजनिक सवारीसाधनलाई सहुलियत दिनु प¥यो । यदि सरकारले सार्वजनिक सवारी साधनालाई सहुलियत नदिने हो भने सार्वजनिक सवारीबाट सबै बजारलाई अस्थव्यस्त बनाउँछ । यातायात व्यवसायीको यो कुरा सरकारले सुनुवाइ भएको छैन । सरकार नतमस्तक भएर बसेको छ । राजनीतिक दलहरु आफ्नै काममा लाग्नु भएको छ । सार्वजनिक सवारी साधन कसरी चलि राखेको छ । सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने यातायात क्षेस्त धोस्त भएको छ । ठूलो अुमानित १० अर्ब लगानी भएको र १२ लाख नेपाली जनताले रोजगारी पाएको क्षेत्र धोस्त भएको छ । 

यस्तो सरकारले यस्तो क्षेत्रलाई किन धोस्त पार्न खोजिएको हो । सरकारले यसलाई बुझेर सहज वातावरण बनाउन सरकारलाई अनुरोध गर्छु । यातायात व्यवसायीहरुले फागुन २५ गतेसम्म पछिल्लो समय निरन्तर रुपमा बढेको मूल्य वृद्धिलाई फिर्ता गर्न र विकल्प खोज्न सरकारलाई निवेदन गरेका छौं । सरकारलाई निवेदन गर्दा पनि सरकारको प्रतिक्रिया आएको छैन । यदि हाम्रो माग सम्बोधन भएन भने २५ गतेसम्मको अल्टिमेट हुन्छ । यदि सरकारले सुनुवाइ गरेन भने सरकारले बनाएको वैज्ञानिक भाडादर कै ३५ प्रतिशत अर्थात ५ रुपैयाँ भन्दा माथि जाने विषयलाई टेकेर वैज्ञानिक ढङगबाट जे सरकारले आकडा निकालेको छ । त्यही आधारमा भाडा समायोन गरिन्छ । अहिलेसम्म २५ रुपैयाँ मूल्य वृद्धि भएको छ । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै पाँच रुपैयाँ कानूनी रुपमा नै भाडा बढ्दै जानुपर्ने हो । तर सरकारले गरेन । पेट्रोलियम पदार्थमा बढेको २५ रुपैयाँको मार अहिलेको मार हो । अब २५ रुपैयाँको भार बोलेर नेपालभरीका सवारी साधन चल्न सक्दैनन् । नेपाल भरीका यातायात व्यवसायीहरुबाट हामीलाई फोन आएको छ । धेरै ठाउँमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेका छन । 

दिनभरी सवारी चलाएर एक लिटर पेट्रोलियम पदार्थमा २५ रुपैयाँ तिर्नु पर्दा सवारी साधन ग्यारेजमा नै थन्किने अवस्था आउँछ । हामीले सबै निकायमा पत्रचार परेका छौं । माग सम्बोधन भएको छैन । यो माग सम्बोधन नगर्नु नेपाली जनताको ढाड सेक्नुु हो । सवारी साधनको भाडा बढ्ने वितिकै विरोध गर्ने तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा केही नबोल्ने गरिएको छ । २५ गतेसम्म सरकारले हाम्रो माग सम्बोधन नगरे सरकारले तोकेको वैज्ञानिक भाडादर अनुसार आफैले नयाँ भाडा समायोजन गरेर जान्छौं ।’

पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन । सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।