१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवार समूदायको म्हः पूजा



अ+ अ-

काठमाडौं ।नेवार समुदायको म्हः(आत्म)पूजा पनि भईरहेको छ । कार्तिक शुक्ल प्रतिपदाका लागि नेवार समुदायले आफ्नो आत्म पूजा गर्ने पर्व मनाउने गर्दछन । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहि आएको छ । ललितपुर हात्तीवनका राजेश अवालेले ज्ञानको द्धिप बाल्ने काम आफैबाट मात्रै सम्भव हुने भएकाले म्हः पूजा गर्ने गरिएको बताउनु भयो ।

उहाँले यस अवसरमा नेपाल संवतको अवसर पारेर खुशीयाली साटासाट गर्ने र सुश्वास्थ्य र दीर्घ जीवनको कामना गर्ने गरिएको पनि बताउनु भयो । अवालेले भन्नु भयो, ‘ज्ञानको द्धीप बाल्न हामी आफ्नै प्रयासमा मात्रै सम्भव छ । कसैले ज्ञानको दियो बाल्न कठिन हुन्छ । र आजको दिन हाम्रो नेवारी परम्परा अनुसार नेपाल संवत, जुन नयाँ संवत, नयाँ वर्षको सुरु हुने गर्दछ । नयाँ वर्षको सुरुवातमा हामी सुश्वास्थ्य, दिर्घजीवन र कुनै भय, दुःख कष्ट आफ्नो जीवनमा नपरोस भनेर कामना पनि गर्दछौं ।’

म्हः पूजाका गर्नेक्रममा आफ्नो आत्मलाई कुनै भय, दुःखकष्ट नपरोस् भनेर  पनि शुभकामना अदानप्रदान गर्ने गरिन्छ ।