१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको मंगलबजारको एक घरमा आगलागी चारको मृत्यु , केही घाईते



(सांकेतिक तस्बिर)
अ+ अ-

ललितपुर । ललितपुरको  मंगलबजारको  एक घरमाआगलागी हुँदा चार जनजााके मृत्यु भएको छ । शुक्रबार  साँझ पौने सात बजे तीर ललितपुर महानगरपालिका–१२ मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

आगलागीमा परि लक्ष्मीकृष्ण ताम्राकार र उहाँका परिबार अन्य तीन सदस्यको मृत्यु भएको र अन्य चार जना घाईते भएका छन् ।घाईतेहरुको पाटन अस्पतालमा उपचार भै रहेको छ । म्ह पुजा गर्ने क्रममा बालिएको बत्तिका कारण आगलागी भएको आशंका प्रहरीले गरेको छ । साढे तीन तलको पुरानो घरमा पुजाका लागि १० भन्दा बढी आफन्तहरु सहभागी भएका थिए ।