१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु



अ+ अ-

काठमाडौं । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। बस सडकबाट २ सय मिटर तल खसेको सल्यानका प्रहरीले जनाएके हो । 

बसमा ३० जना यात्रु रहेको बताइएको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।