५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली फेसबुक बनाइएकामा कारवाहीको माग



अ+ अ-

बैतडी । नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै  नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहनुभएका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले कारवाहीको माग गरिएको हो ।  

केही महिनायता अनाधिकृत रुपमा फेसबुक आइडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएकोे भन्दै सभापति नरेन्द्र सिंह थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनुभएको छ ।  सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारको पछि नलाग्न  पनि उहाँले आग्रह गर्नुभएको छ ।

अनधिकृत रुपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारवाहीका लागि सम्बन्धित निकायसँग नेपाली कांग्रेसले प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी महाधिवेशनका लागि  उपसभापति चन्दको नेतृत्वमा र पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा छुटृाछुटृै समूह  घोषणा गरेर  प्रचारप्रसार गर्न थालिएको छ । 
सभापतिका उम्मेदवार रहनुभएका  चन्दलाई कमजोर देखाउन विपक्षी खेमाले उहाँ विरुद्ध अनाधिकृत रुपमा फेसबुक आइडी र पेज प्रयोग गरेको हुनसक्ने आशङ्का गरिएको छ ।  




भर्खरै