काठमाडौं । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। बस सडकबाट २ सय मिटर तल खसेको सल्यानका प्रहरीले जनाएके हो ।
बसमा ३० जना यात्रु रहेको बताइएको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।