११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ पाँच दलीय गठबन्धन लोकतन्त्रको ‘भक्षक’: केपी ओली (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिनु भएको छ । एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभई आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्तामात्रै चाहिएको दावी समेत गर्नु भयो । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनलाई देश नभई आफ्नो स्वार्थमात्रै पूरा गर्नु रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो  एमाले नभएको भए १७ साल आईसकेको हुने दावी समेत गर्नु भयो । एमाले नभएकै कारण २००७ सालपछि १७ साल आएको तर अहिले एमाले भएकाले आउन नसकेको उहाँको दावी छ । अध्यक्ष ओलीले एमाले भएकै कारण प्रतिक्रियावादी शक्तिहरु चुप लागेर बसेको पनि बताउनु भयो । उहाँले एमालेले संविधान च्यात्न नदिने, लोकतन्त्रलाई तलमाथि हुन नदिने प्रतिवद्धता समेत दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘एमाले हुँदैनथ्यो भने १७ साल अस्ति नै आईसक्थ्यो । तर यहाँ एमाले छ । त्यसकारण १० साल आउन सक्दैन । २००७ सालपछि १० साल आई हाल्यो नि । आउँथ्यो यहाँ पनि । संविधान भनेको एउटा पुस्तक हो । बलजफ्ती ग¥यो भने च्यात्न कतिबेर लाग्दैन । तर जनता सचेत छ भने सचेत जनताको मनोबल च्याप्न सकिदैन । सचेत जनताको अठोट च्यात्न सकिदैन । त्यसैकारण प्रतिक्रियावादी शक्तिहरु चुप लागेर बसेका छन । त्यस्ता परमादेशहरु, प्रतिगामी परमादेशहरु अनेक आउन सक्छन । तर हामी सरकार छोडन तयार छौं, तर देशलाई तलमाथि हुन दिँदैनौं ।

ओलीले भन्नुभयो हामी सरकार छोडन तयार छौ, संविधान च्यात्न दिँदैनौं । हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौं । लोकतन्त्र छोडन हामी तयार छैनौं । हामीले सात देशक भन्दाबढि संघर्ष गरेर ल्याएको लोकतन्त्र हो, बलिदान दिएर ल्याएको लोकतन्त्र हो । त्यसकारण हामी छोडन सक्दैनौं । यो अठोटमा छ एमाले । नेकपा एमाले यो अठोटमा भएकै हुनाले लोकतन्त्र जीवित छ, होइन भने अहिले यो पाँच दलीय गठबन्धन भन्ने छ नि । बर्को राधेराधे लगाएका हुन कि, रामराम लगाएका हुन कि, कृष्णकृष्ण लगाएका हुन ? यी सबै लोकतन्त्रको भक्षकहरु हुन । यिनीहरुलाई सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ । देश होईन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैल्याउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत् ‘वार’ गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनयुद्ध कालमा आफ्नो छोराछोरीलाई कसरी बेलायतमा पढाउन सक्नु भयो भनेर प्रश्न गर्नु भयो । आफूहरुले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पार्सपोट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेला बढाउन भयो ? बेलायत बढाउने आम्दानीको स्रोत के थियो ? अध्यक्ष ओलीको जिज्ञासा थियो । अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रचण्ड बाँचे १७ हजार मरे । बाबुराम त बाँचे । बाबुरामका छोराछोरी त बेलायत पढथे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिक पाउन, पासर्पोट पाउन, सबै चिज पाउन । कसेको पार्सपोर्टबाट जानु भएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताई दिनुस त ? तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कम्सेकम २÷४, ५ लाख महिनाको खर्च हुन्छ । छोराछोरीलाई कसरी पढाउनु भएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँडदाखेरी ?’

अध्यक्ष ओलीले आफूले सांसद भएपछि मात्रै भिसा पाएको उल्लेख गर्दै तर बाबुराम भट्टराईहरुले कसरी भिसा पाउने गरेको भन्दै आश्चर्य प्रकट गर्नु भयो । उहाँले गीत, कला, साहित्य सबैको माध्यामबाट आफ्ना पार्टीमाथि गरिएका गलत प्रचारको खण्डन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।