५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा समाज पोर्चुगलको नयाँ समिति



अ+ अ-

लिस्बन ।स्याङ्जा सहयोग समाज पोर्चुगलको तेस्रो अधिवेशनले अर्जुन अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पोर्चुगलको राजधानी लिस्बनमा आइतबार भएको अधिवेशनले सर्वसम्मत रुपमा  २१ सदस्यीय कार्य समिति र चार सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा रेखा रेग्मी, बिशाल पराजुली र  श्री देवी डोटेल, महासचिवमा क्षितिज गौचन, सचिवमा सन्तोष सुवेदी र गणेश गैरे तथा कोषाध्यक्षमा ऋषि सुवेदी छानिएका छन् । त्यसैगरी सदस्यमा तुल गुरुङ, ज्ञानप्रसाद तिवारी,  यज्ञप्रसाद डुम्रे, सुदन काफ्ले, पदम कुवँर, लक्ष्मण काफ्ले, अमर दर्लामी मगर, अनु अधिकारी, राजु मानन्धर,  सुदीप थापा,  धर्मगत चापागाईं, कृष्ण सेन र विश्वास राना छानिएका छन् ।

चार सदस्यीय सल्लाहकार समितिमा बिमल गौतम, बिपिन अर्याल, आकाश किरण श्रेष्ठ र राजेन्द्रप्रसाद डुम्रे चयन भएका छन् । गैर आवासीय नेपाली संघ पोर्चुगलका संथापक अध्यक्ष पूर्ण हमालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पर्यटन दुत रमेश गुरुङ, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी, नेपाली कांग्रेसका महासमिति सदस्य चिजकुमार तामाङ, प्रवासी एकता मन्च पोर्तुगलका महासचिव दीपक खत्री, पत्रकार भरत प्रधान लगायतले समाजको योगदानका बारेमा चर्चा गरेका थिए ।
 




भर्खरै