१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

परम्पराका नाममा हुने अन्यायलाई इतिहास बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

परम्पराका नाममा हुने अन्यायलाई इतिहास बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा समाजमा हुने अन्यायलाई इतिहास बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सारा डेभिन्सन ट्रेसीद्वारा लिखित ‘नो लङ्गर अनटचेवल’ पुस्तकको समर्पण समारोहमा राष्ट्रपति भण्डारीले परम्पराका नाममा हुने अन्याय वा कुप्रथा उन्मूलन गर्न समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले वादी समुदायमा रहेका विभेद अन्त्य गर्न राज्यका सबै अङ्गको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै ती विभेदविरुद्ध बनेको कानुनको पूर्ण परिपालन हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै यो समुदायको उत्थानमा जागरण, शिक्षा, आर्थिक क्षेत्रमा समान सहभागिताजस्ता क्षेत्रमा पहुँच प¥याई सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो । 

सामाजिक विभेद अन्त्यका लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रम स्थानीय तहमा पु¥याउने र समुदायस्तरका छलफलबाट प्राप्त सुझाव नीतिगत तहमा ल्याउन सबैको सार्थक प्रयास आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । समाजमा कायमै रहेको असमानाताको अन्त्य गर्न आवश्यक नीति र कानुनको निर्माण गर्दै प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

 देवीसरा हन्ना वादीलगायत पाँच वादी समुदायका महिलाका बारेमा लेखिएको पुस्तक गत जनवरी ३१ मा भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो । अमेजनमा फेब्रुअरी १ मा सो पुस्तक सबैभन्दा धेरै बिक्री हुनेमा समेत परेको पुस्तककी लेखिका ट्रेसीले बताउनुभयो । पुस्तकले वादी समुदायकी भएकै कारण हामीले समाजमा भोग्नुपरेको असमानता र पीडा पुस्तकले चित्रण गरेको पुस्तका मुख्यपात्र देवीसरा वादी बताउनुहुन्छ ।

‘ज्योतिको घर नेपाल’ नामक संस्थाले वादी समुदायको उत्थानमा महत्वपूर्ण योगदान गर्दै आएको छ । संस्थाले लामो समयदेखि वादी समुदायमा रहेको परम्परागत समस्या समाधानमा विशेष पहल गर्दै आएको यसका संस्थापक राजु सुन्दासले बताउनुभयो ।