१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारूढ गठबन्धनको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । सोमबार अपरान्ह ५ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यस्तै आजै अपरान्ह ३ बजे मन्त्रिपरिषद बैठक पनि बस्दैछ ।
गठबन्धन बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ ।