१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

चीसोसँगै प्रदुषण बढ्दैछ, सतर्क रहौँ : मौसमविद् वरुण पौडेल (भिडियोसहित)

चीसोसँगै प्रदुषण बढ्दैछ, सतर्क रहौँ : मौसमविद् वरुण पौडेल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने बताउनुभएको हो । 

उहाँले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको बताउनुभयो । उहाँले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्रि सेल्सियससम्म पुगेको जानकारी दिनुभयो । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताउनुभयो ।

वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो, ‘यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातीको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, हप्ता, १० दिनको कुरा हेर्दा न्यूनतम तापक्रम काठमाडौँको १६-१७ डिग्रिबाट घट्दै ९ डिग्रिसम्म गएको अवस्था छ, कात्तिक महिनामा नै यत्ति चिसो हुँदै जाँदा विशेष गरेर रातीको आकाश खुल्ला अवस्थामा छ, दिनहरु पनि छोटो हुँदै जान्छ, त्यसैले आगामी दिनहरुमा चिसो पनि बढ्दै जान्छ, हामी जाडो याममा प्रवेश गर्दैर्छौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रुपमा जाडो बढ्दै जान्छ, हिजो आजको मोसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रिसम्म आएको अवस्था छ, त्यसले गर्दा अहिले नै माइनसमा जान्छ काठमाडौँमा भन्न सकिँदैन तर तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ यो वर्ष, अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढीरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताउनुभयो । उहाँले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताउनुभयो ।

‘भारतमा, चीनको बेइजिङमा पनि पोलुसन (प्रदूषण) बढ्दै गएको छ भन्ने कुराहरु आइरहेको छ, गत वर्ष पनि नेपालका काठमाडौँ लगायत मुख्य शहरहरुमा जाडो याममा बढी तुवाँलो लागेको थियो, धुम्म भएको थियो, अत्याधिक प्रदूषित शहर भनिएको थियो, यो वर्ष पनि मौसमको भाषाले भन्दा वर्षा याम वा चैत्र, वैशाख, जेठ जस्तो ठूलो हावाहुरी, लामो समय पानी पर्ने हुँदैन, लामो समयसम्म पानी परेन, हावा चलेन भने प्रदूषण जमीन नजिकै वायुमण्डलको तल्लो तहमा थिग्रिएर बसेको हुन्छ, त्यसले गर्दा काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुर आगामी दिनमा पनि प्रदूषण हुन सक्ने सम्भावना छ, त्यसैले हामीले अहिले बाट नै त्यसको तयारीका कुराहरु अपनाउनु पर्ने हुन्छ, लामो समय हिउँद र वर्षा याममा वर्षा भएन भने त्यस किसिमको प्रदूषण हुन्छ, तराईमा हुस्सु लाग्ने हुन्छ, चिसो लाग्ने सम्भावना माइनसमै जान्छ भनेर भन्न सकिँदैन, तर काठमाडौंको कुरा गर्दा चिसो जिरोकै आसपासमा हुन्छ, त्यसैले जाडो यामलाई मध्यनजर गर्दै त्यही अनुसार तयारीका कुराहरु व्यवस्थित गर्नुपर्छ, स्थानीय निकाय, प्रदेश, सेन्ट्रल गभर्मेण्ट, सबै मिलेर बढी चिसोबाट जनधनको क्षति नहोस् तयारीका कुराहरु अहिलेबाटै अपनाउनु पर्छ, विशेष गरेर गर्मी याममा भन्दा जाडो याममा प्रदूषण बढी हुन्छ, वायुमण्डल स्थिर भएर बसेको हुन्छ, त्यसले गर्दा जति पनि प्रदूषणहरु हुन्छ, हाम्रो भेकल, गाडीहरुबाट जाने, उद्योगहरुबाट जाने प्रदूषणहरु वायुमण्डलको माथि आकाशमा उड्न सक्दैन, वायुमण्डलको तल्लो स्तरमा बसेको हुन्छ, त्यही लेयरबाट हामी श्वासप्रश्वास गर्छौं, त्यस्तोबेलामा आँखा पिरो हुने, धमिलो हुने,कतिपय स्थानमा दिउँसै अध्यारो जस्तो हुने, जाडो याममा लामो खडेरी भयो भने त्यस्तो खालको गतिविधि हुन्छ, यस्तो बेलामा वायुमण्डल स्थिर हुन्छ, त्यसैले के पनि भनिन्छ भने जाडो याममा मर्निङ वाक गर्न राम्रो मानिँदैन, बरु बन्द कोठामा योगा गर्नुपर्छ, जाडो याममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ, त्यसैले धेरै भीडभाड हुने शहरी क्षेत्रमा यस्तो खालको अवस्था हुनसक्छ, त्यसैले घरभित्रै बस्ने, मर्निङ वाकमा ननिस्किने, दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपायहरु अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउँदै जानुपर्ने हुन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताउनुभयो ।