१४ असार २०८३, आईतवार
,
Latest
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाला युसुफजाईले गरिन् निकाह, विवाह चाँडै



अ+ अ-

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आसिरसँग वैवाहिक सम्बन्ध गाँस्न लागेको घोषणा गरेकी छन्।

बालिका शिक्षा र बाल अधिकारका क्षेत्रमा सक्रिय मलालाले आफ्नो ट्विटरमार्फत् बेलायतको बर्मिङ्घमस्थित घरमा आसिरसँग मुस्लिम परम्पराअनुसारुनिकाह गरेको घोषणा गरेकी हुन्।

आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण सार्वजनिक गर्दै २४ वर्षीया मलालाले ट्वीटरमा लेखेकी छन्: "आजको दिन मेरो जिन्दगीको अमूल्य दिन हो। आसिर र म आजबाट जीवनसाथीका रूपमा जिन्दगी बिताउँदैछौं। हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्यहरूमाझ सानो निकाह आयोजना गर्यौं। हामीलाई तपाईंहरूको शुभकामनाको खाँचो छ। जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौं।"

मलालाले आफ्नो श्रीमानबारे थप जानकारी उल्लेख गरेकी छैनन्।

मलाला युसुफजाईको जन्म पाकिस्तानमा भएको थियो। उनलाई सन् २०१२ मा बालिकाहरूको शिक्षा पाउने हकबारे बोलेको भन्दै तालिबानी समूहले गोली हानी हत्या प्रयास गरेका थिए। त्यति बेला उनी ११ वर्षकी थिइन्।

उनलाई त्यसपछि उद्धार गरी बेलायतको बर्मिङ्घम अस्पताल लगिएको थियो। उनले त्यहीँ बसेर बालिका शिक्षा क्षेत्रमा वकालत गर्दै आएकी छन्।