१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठपर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरेणा मिलोस् : मुख्यमन्त्री भट्ट



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठपर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरेणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहीनीहरूमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गर्नुभएको हो ।

साथै उहाँले कोभिड–१९ कारण सहजरूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ छठपर्व मनाउन अनुरोध गर्नुभएको छ ।