१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका भाजपा शीर्ष नेता गडकरी नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । भारतका केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेता नितिन गडकरी नेपाल आउने भएका छन् । 

पूर्व भाजपा अध्यक्षसमेत रहेका गडकरी यसै महिना नेपाल आउन लागेका हुन् ।

उनी हाल सडक परिवहन तथा राजमार्ग मन्त्री रहेका छन् ।

उनी पतञ्जलि योगपीठ नेपालको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् । 

स्रोतका अनुसार मन्त्री गडकरी मंसिर २ गते नेपाल आउने छन् । उक्त अवसरमा योगागुरु रामदेव र आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम रहेको छ । 

मन्त्री गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवा, र विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेटघाट गर्नेछन् ।