१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः फाइनल प्रवेशका लागि इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै



अ+ अ-

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । 

अबुधाबीमा हुने सो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा रहेर सेमिफाइनलको यात्रा तय गरेका हुन् । 

इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ भने न्युजिल्याण्डले उपाधि जित्न सकेको छैन ।

यस्तै टी–२० विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत भोलि (बिहिबार) पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुनेछ ।