१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठ पूजाका लागि १८ औं पटक दण्डप्रणाम यात्रा सुरु गर्दै विराटनगरका मेयर पराजुली



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पूजाका लागि सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु गरेका छन् । छठ पर्वको निराहार ब्रत बसेका पराजुलीले १८ औं पटक दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।

मेयर पराजुलीले छठ पूजाका लागि विराटनगर–३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलास्थित पूजास्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा तय गर्दै आएका छन् । 

उनीसँगै उनका भतिज प्रमेशले पनि दण्डप्रणाम यात्रा सुरु गरेका छन् ।पराजुलीले बुधबार साइत हेराएर १०ः३० बजेबाट मन्दिरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।

करिब तीन किलोमिटर दुरी रहेको सो स्थान पार गर्न चार घण्टा लाग्ने बताइएको छ ।