२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुको दुई पसलमा आगलागी हुँदा ९० लाख बढीको क्षति



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा गएराति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका– ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन् । 

चन्द्रौटा फिक्स शप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगालागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन् । दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ ।

फेन्सी पसलको रु ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकको भनाइ छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीयवासी र दमकलको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ । 

आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कम्पुटर पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । रासस