१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालापानी–लिपुलेक क्षेत्रमा पनि जनगणना हुन्छः तथ्यांक विभाग



अ+ अ-

काठमाडौं । तथ्यांक विभागले राष्ट्रिय जनगणना– २०७८ मा कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने जानकारी दिएको छ ।

विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने जनाएको हो । यस्तै विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने पनि बताएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार कालापानी लिपुलेक क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको छ । राष्ट्रिय जनगणना देशव्यापी रुपमा भोलिदेखि सुरु हुँदैछ ।