१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको सम्मान



अ+ अ-

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित हुनु भएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधवार उहाँलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । शर्मा भारत भ्रमणमा रहनुभएको छ ।

शर्मालाई राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो सम्मान प्रदान गर्नुभएको हो । नेपाली सेनाको नेतृत्व समालेपछि शर्माको यो पहिलो विदेश भ्रमण रहेको छ । 

सन् १९५० देखि नेपाली सेना र भारतीय सेनाका प्रमुखको बीचमा मानार्थ महारथीको सम्मान दिन प्रचलन रहिआएको छ । शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने १५ औं सेनापति हुनुहुन्छ ।