२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठका लागि घाट सजाउने क्रममा डुबेर युवकको मृत्यु



अ+ अ-

विराटनगर । छठ पर्वकाबीच मोरङको बक्राह खोलामा डुबेर एक युवकको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । 

प्रहरीका अनुसार रंगेली नगरपालिका भएर बग्ने बक्राह खोलामा छठका लागि घाट सिंगार्दै नुहाउने क्रममा युवकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा भारतको मधेपुरा जिल्लाबाट रंगेली ७ स्थित आफन्तकहाँ छठ मनाउनका लागि आएका २१ वर्षीय बिटु साह रहेका छन् । 

पूजाका लागि घाट सिंगारेपछि नुहाउन खोला पसेका ४ जनामध्ये डुबेका साहलाई उद्धार गरिएको थियो। साहलाई उद्धार गरिएसँगै उपचारका लागि रंगेली अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहसँगै नुहाउन खोलामा पसेका १८ वर्षीय राजा साह बेपत्ता रहेका छन् । 

बेपत्ता साहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी जारी राखेको छ ।