१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

बुधबार बिहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित पक्राउ गरेको हो । 

प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको विमानस्थल स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।