१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकालाई एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता गर्न आग्रह गरेका छन् । 

नेकपा एमाले छाडेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले बुधबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । 

गौतमले विज्ञप्तीमा भनेका छन्, ‘एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’