१४ असार २०८३, आईतवार
,
Latest
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा छठको हर्षोल्लास



अ+ अ-

काठमाडौं । वीरगञ्जमा अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने समाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ । 

धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्य उपासनाको पर्व छठ उल्लासमय छ । आस्था र सहअस्तित्वको पर्व छठको तेश्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ । मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउँने महापर्व हो छठ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाउन लागिएको स्थानीयबासीले बताएका छन् । कोरोना महामारीलाई ध्यानमा राखेर यस वर्ष दसैं, तिहार र छठले खुसी ल्याएको उनीहरुको भनाई छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वासअनुरुप छठ मनाइन्छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यस पर्वमा सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि सहभागी हुन्छन् ।

पहिलो दिन व्रतालुले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने विधि पूरा गरी छठपर्वको शुभारम्भ गर्दछन् । दोस्रो दिन खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई खानेकुरा खान्छन् ।

यस पर्वको तेस्रो दिन ब्रतालुले दिनभरि आ–आफ्नो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व समापन गरिन्छ ।