२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाउने



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जस अन्तर्गत मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा पोखरा रंगशालालाई प्रयोग गर्ने भएको छ । यदि लिगका खेल पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ए डिभिजन लिगका खेल उपत्यका भन्दा बाहिर हुनेछ । 

कात्तिक २९ गतेदेखी नेपाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग आयोजना हुँदै छ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग यसपटक भने चार रंगशालामा हुँदै छ । यद्यपि सुरुआती दुई चरणको खेल तालिकामात्र सार्वजनिक भएको छ । जसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टरमा खेल हुँदैछन् । अन्य चरणका खेलका लागि भने एन्फाले च्यासल मैदान र मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा प्रस्ताव गरेको पोखरा रंगशाला हुँदै छ । सोही अनुसार मनाङले पोखरा रंगशालामा तयारी पनि गर्दै आएको छ । पोखराको रंगशालमा लिग सञ्चालन गरे सहिद स्मारक ए डिभिजिन लिग पहिलो पटक काठमाडौं बाहिर हुनेछ । पोखरा रंगशालाई प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मस्र्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घलेले बताए ।

कोरोना महामारीले निर्धारित मिति भन्दा केही महिना पछि धकेलिएको लिगमा पोखरा रंगशालाका अलावा च्यासल मैदान पनि आयोजना गर्ने योजना एन्फासँग छ । कात्तिक २९ गतेबाट हुने लिगको उद्घाटन खदेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दैछ । उद्घाटन खेल ‘फ्लड लाईट’ मा खेलाउने एन्फाको तयारी छ । सुरुवाती दुई चरणका खेलमध्ये आधा खेल दशरथ रंगशालामा हुनेछन ।

पोखरा रंगशालालाई मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा प्रयोग गर्न यस अघि नै स्वीकृति पाइसकेको छ । त्यसैले मनाङले काठमाण्डौंदेखि क्लबहरुलाई पोखरासम्म लैजाने र खेलाएर काठमाण्डौ पठाउने प्रबन्धका लागि एन्फासँग छलफल भइरहेको बताएको छ । यद्यपि अन्तिम तालिका सार्वजनिक नभएसम्म मनाङको प्रस्ताव अपूरो हुनेछ । फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । १३ चरणका खेल हुने लिगमा कुल ९१ खेल हुनेछन ।