१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाउने



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जस अन्तर्गत मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा पोखरा रंगशालालाई प्रयोग गर्ने भएको छ । यदि लिगका खेल पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ए डिभिजन लिगका खेल उपत्यका भन्दा बाहिर हुनेछ । 

कात्तिक २९ गतेदेखी नेपाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग आयोजना हुँदै छ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग यसपटक भने चार रंगशालामा हुँदै छ । यद्यपि सुरुआती दुई चरणको खेल तालिकामात्र सार्वजनिक भएको छ । जसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टरमा खेल हुँदैछन् । अन्य चरणका खेलका लागि भने एन्फाले च्यासल मैदान र मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा प्रस्ताव गरेको पोखरा रंगशाला हुँदै छ । सोही अनुसार मनाङले पोखरा रंगशालामा तयारी पनि गर्दै आएको छ । पोखराको रंगशालमा लिग सञ्चालन गरे सहिद स्मारक ए डिभिजिन लिग पहिलो पटक काठमाडौं बाहिर हुनेछ । पोखरा रंगशालाई प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मस्र्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घलेले बताए ।

कोरोना महामारीले निर्धारित मिति भन्दा केही महिना पछि धकेलिएको लिगमा पोखरा रंगशालाका अलावा च्यासल मैदान पनि आयोजना गर्ने योजना एन्फासँग छ । कात्तिक २९ गतेबाट हुने लिगको उद्घाटन खदेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दैछ । उद्घाटन खेल ‘फ्लड लाईट’ मा खेलाउने एन्फाको तयारी छ । सुरुवाती दुई चरणका खेलमध्ये आधा खेल दशरथ रंगशालामा हुनेछन ।

पोखरा रंगशालालाई मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा प्रयोग गर्न यस अघि नै स्वीकृति पाइसकेको छ । त्यसैले मनाङले काठमाण्डौंदेखि क्लबहरुलाई पोखरासम्म लैजाने र खेलाएर काठमाण्डौ पठाउने प्रबन्धका लागि एन्फासँग छलफल भइरहेको बताएको छ । यद्यपि अन्तिम तालिका सार्वजनिक नभएसम्म मनाङको प्रस्ताव अपूरो हुनेछ । फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । १३ चरणका खेल हुने लिगमा कुल ९१ खेल हुनेछन ।