२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालत भित्रै प्रर्दशन गर्ने बारको तयारी !



अ+ अ-

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसनले बिहिबार भने सर्वोच्च अदालत भित्रनै प्रर्दशन गर्ने तयारी गरेको छ । यस अघि वार परिसरमा नै बिरोध कार्यक्रम गर्दे आएको भएपनि बिहिबारबाट बिरोधको शैली परिवर्तन गर्दे सर्बोच्च परिसर भित्र नै प्रर्दशन गर्ने तयारी गरेको नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।  

यसै विच नेपाल बारले बिहिबारबाट काठमाडौं जिल्ला भित्र रहेका सर्वोच्च , पुनराबेदन , बिशेष र जिल्ला अदालत विहान १० बजेदेखि १२ बजेसम्म  काम ठप्प पार्ने निर्णय  गर्दे सहयोगका लागि न्यायधीश , कर्मचारी र सेवाग्राहीलाई आग्रह गरेको छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो "बारको आबाज प्रधानन्ययधीशले सुन्नु भएन उहाँलाई राजीनामा नगराई वार आन्दोलन बाट फिर्ता हुदैन ।  उहाँले भन्नुभयो अहिलेको मुद्दा न्यायलय भित्रको विषय भएकाले नेपाल बारले नै आन्दोलनमा सक्रियता देखाउने र आवश्यक पर्दा देशभरका न्यायलय ठप्प पाछौ ।"

 वारले अदालतमा पेशी नतोक्न , तोकिएको पेशीमा नबस्न सबैतहका न्यायधीशलाई पत्र पठाउने तयारी गरेको छ । यसै गरी प्रधानन्याधीशले बोलाउने न्यायपरिषद्को तथा न्यायसेवाको बैठकमा सहभागी नहुनअन्य सदस्यहरुलाई अनुरोध पत्र पनि पठाएको छ ।  आन्दोलनको स्वरुप अन्तरगत नै बारले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिकदलहरु लाई न्यायपालीकाको अबस्था बारे पत्र पठाउने तयारी पनि गरेको छ ।