१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालत भित्रै प्रर्दशन गर्ने बारको तयारी !



अ+ अ-

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसनले बिहिबार भने सर्वोच्च अदालत भित्रनै प्रर्दशन गर्ने तयारी गरेको छ । यस अघि वार परिसरमा नै बिरोध कार्यक्रम गर्दे आएको भएपनि बिहिबारबाट बिरोधको शैली परिवर्तन गर्दे सर्बोच्च परिसर भित्र नै प्रर्दशन गर्ने तयारी गरेको नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।  

यसै विच नेपाल बारले बिहिबारबाट काठमाडौं जिल्ला भित्र रहेका सर्वोच्च , पुनराबेदन , बिशेष र जिल्ला अदालत विहान १० बजेदेखि १२ बजेसम्म  काम ठप्प पार्ने निर्णय  गर्दे सहयोगका लागि न्यायधीश , कर्मचारी र सेवाग्राहीलाई आग्रह गरेको छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो "बारको आबाज प्रधानन्ययधीशले सुन्नु भएन उहाँलाई राजीनामा नगराई वार आन्दोलन बाट फिर्ता हुदैन ।  उहाँले भन्नुभयो अहिलेको मुद्दा न्यायलय भित्रको विषय भएकाले नेपाल बारले नै आन्दोलनमा सक्रियता देखाउने र आवश्यक पर्दा देशभरका न्यायलय ठप्प पाछौ ।"

 वारले अदालतमा पेशी नतोक्न , तोकिएको पेशीमा नबस्न सबैतहका न्यायधीशलाई पत्र पठाउने तयारी गरेको छ । यसै गरी प्रधानन्याधीशले बोलाउने न्यायपरिषद्को तथा न्यायसेवाको बैठकमा सहभागी नहुनअन्य सदस्यहरुलाई अनुरोध पत्र पनि पठाएको छ ।  आन्दोलनको स्वरुप अन्तरगत नै बारले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिकदलहरु लाई न्यायपालीकाको अबस्था बारे पत्र पठाउने तयारी पनि गरेको छ ।