१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि बढ्यो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य



अ+ अ-

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल , डिजेल, मट्टीतेल र ग्यासको मुल्यबृद्धि गरेको छ ।  निगमले पेट्रोल र डिजेल, मट्टीतेलमा  प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । यसै गरी खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५  रुपिया बृद्धि भएको छ ।

जस अनुसार  पेट्रोल प्रतिलिटर १३६ , डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५७५ पुगेको छ । यसै गरी आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको निगमले जनाएको छ ।