१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः न्यूजील्यान्ड सेमिफाइनलमा प्रवेश, इङल्यान्ड ५ विकेटले पराजित



अ+ अ-

अबुधाबीः न्यूजील्यान्ड टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

न्यूजील्यान्डले बुधबार राति भएको सेमिफाइनल खेलमा इङल्यान्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनलमा न्यूजील्यान्डको यो चौथो प्रवेश हो । यसअघि सन् २०१५, २०१९ र २०२१ मा न्यूजील्यान्ड फाइनलमा प्रवेश गरेको थियो ।

न्यूजील्यान्डका ब्याट्सम्यानद्वय डिरेल मिचेल र डेभोन कन्वेको जोडीले गरेको प्रभावशाली ब्याटिङ मद्दतले न्यूजील्यान्डले फाइनलको यात्रा तय गरेको हो । डिरेल मिचेलले ४७ बलमा ४ छक्का र ४ चौका मद्दतले ७२ रन बनाएका थिए भने कन्वेले ३८ बलमा १ छक्का र ५ चौका सहित ४६ रन बनाएका थिए ।

इङल्यान्डले प्रस्तुत गरेको १६७ रनको मध्यम लक्ष्य न्यूजील्यान्डले ५ विकेटको क्षतिमा १९ औं ओभरमा पूरा गरेको थियो । शुरुमै मार्टिन गप्टिल र कप्तान केन विलियम्सन व्यक्तिगत ४ र ५ रन बनाएर आउट भएपछि न्यूजील्यान्ड दबाबमा परेको थियो ।

न्यूजील्यान्डका लागि ग्लेन फिलिप्सले २, जेम्स निशामले २७ तथा मिचेल सान्टनरले १ रनको योगदान गरे ।

यसअघि पहिले टस हारेर ब्याटिङको निम्तो पाएको इङल्यान्डले संघर्षपूर्ण खेल खेल्दै २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रनको मध्यम स्कोर खडा गरेको थियो । इङल्यान्डका लागि मोइन अलिले सर्वाधिक ५१ रनको योगदान गरेका थिए ।

साथै, जस बटलरले २९, जोन्नी बेयरस्टले १३, डाविड मलानले ४१, लियाम लिभिङस्टोनले १७ तथा इओन मोर्गनले ४ रन बनाएका थिए । तर उनीहरुले बनाएको यो रनसंख्या पर्याप्त भएन ।

अब फाइनलमा न्यूजील्यान्डको भिडन्त पाकिस्तान वा अस्ट्रेलियासँग हुनेछ । पाकिस्तान र अस्ट्रेलियाबीचको दोस्रो सेमिफाइनल आज दुबईमा हुनेछ । फाइनल खेल भने आगामी आइतबार दुबइमा हुनेछ । एजेन्सी