१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शन बनाउनुपर्छ : प्रेम बहादुर आले (भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरुप्रति अझै धार्मिक आस्था बढेर जाने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भगवान शिवले बास गरेको चारवटा धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गरी संसारभरीका अरबौँ हिन्दु धर्मावलम्बीहरुलाई चारै धामको दर्शन गर्ने अवसर सिर्जना गरौँ । यो सर्किटको कन्सेप्टले यि शिवालयहरु प्रति अझै धार्मिक आस्थाको गरिमा बढेर जानेछ ।’

पर्यटनमन्त्री आलेले नेपाल–भारत सम्बन्ध प्राचिन, मौलिक र सभ्यताको सम्बन्ध भएको बताउनुभयो । उहाँले एकपटक विश्वनाथ मन्दीरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथ देखि काशी विश्वनाथ सम्मको मोटरसाइकल  र्‍यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दीर र भारतको काशी विश्वनाथ मन्दीर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताउनुभयो । यि दुई धार्मिक स्थलहरुले दुई देशको समाजलाई जोडेको र सम्बन्धलाई निरन्तरता दिने प्रतिकका रुपमा पनि रहेको उल्लेख गर्नुभयो ।

शुक्रवार नै दर्जनौँ युवाहरुले ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल  र्‍याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन् । ५० भन्दा बढि मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।