५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको केन्द्रीय समिति बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको केन्द्रीय कमिटी बैठक जारी छ । 

आज बिहान ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा बस्नेगरि तय भएको बैठक नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेपछि केहीबेर अघिबाट मात्र सुरु भएको हो ।

यसअघि शुक्रबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठक एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयमा छलफल भएपछि आइतबार बोलाइएपनि बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको थियो । 

माओवादीभित्र सहमतिका आधारमा पदाधिकारी चयनमा टुंगो नलाग्ने देखिएपछि आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ ।

गत पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो ।

त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेसँगै अन्य पदाधिकारी भने हालसम्म चयन हुन सकेका छैनन् ।