१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन (भिडियोसहित)



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । 

बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ । विरोध कार्यक्रममा संक्षिप्त बोल्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसि लामिछानेले मुल्यवृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताउनुभयो । 

उहाँले १२ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो – ‘हिजो मात्रै जसरी जनतामारा निर्णय गरेको छ । यो पछिल्लो समय भएको मुल्यवृद्धि अविलम्ब फिर्ता लिनको लागि म अनेरास्ववियुको तर्फबाट सरकारलाई अल्टिमेटम दिन चाहान्छु, यो मुल्यवृद्धि १२ घण्टाभित्र फिर्ता भएन भने हामीले काउनडाउन गरेर यो सरकारकै बर्हिगमनको लागि आन्दोलन गर्नेछौँ । र सरकारको समेत दिनगन्ती सुरु हुनेछ ।’

बिरोध कार्यक्रममा परमादेशी सरकार राजिनामा दे, नाफाघाटा जान्दैनौँ मुल्यवृद्धि मान्दैनौँ लगायतको नाराबाजी समेत गरिएको थियो ।  नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३÷३ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मुल्यवृद्धि गरेको थियो ।