१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्ते कागजात बनाएर काठमाडौंमा ठगीधन्दा चलाउने भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय अपराध महाशाखाले किर्ते कागजातहरु बनाएर ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको तामिलनाडु राज्यस्थित चेन्नई घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका छन् ।

महाशाखाका अनुसार चेटियारले मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयरहोल्डरहरुसँग सम्झौता गर्र्न लागेको भन्दै किर्ते कागजात देखाएर विभिन्न्न व्यक्तिलाई ठगी गरेका थिए भने प्रलोभनमा पारेका व्यक्तिहरुको जमिनको लालपूर्जा उनले कब्जा गरेका थिए ।

महाशाखाबाट खटिएको विशेष टोलीले चेटियारलाई बालुवाटारबाट मंगलबार पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न व्यक्तिबाट पटक–पटक गरी ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ भने उनीमाथि आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।