१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

काँग्रेस पार्टी कार्यालयअघि नेविसंघको प्रदर्शन (भिडियोसहित)

काँग्रेस पार्टी कार्यालयअघि नेविसंघको प्रदर्शन (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने लगायतका माग पूरा गर्न पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ । 
आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली काँग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्व केन्द्रिय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको बताउँदै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन,  सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गर्न माग गर्नुभयो ।

पूर्व केन्द्रिय सदस्य खनालले भन्नुभयो, ‘भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक छ । आजको बलियो नेविसंघ बनाउन उक्त समयमा विभिन्न संघर्ष र समय लगानी गरेका हजारौँ नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न आवश्यक छ । एउटा ऐतिहासिक पार्टी, लोकतान्त्रिक पार्टी, गौरवशाली पार्टी र समावेशी पार्टीभित्र सिन्डिकेट लगाएर पाखा लगाउन खोज्नु न्यायको सिद्धान्त विपरित् छ । घरको पिल्लरहरु भाँचेर बलियो घरको निर्माण गर्छु भन्नु दिवा सपना मात्रै हो । नेपाली काँग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता हो ।

नेविसंघको विधानको पूर्ण कार्यान्वयन गरियोस् । सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गरियोस् । आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गरियोस् । अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गरियोस् । नेविसंघको विधानसम्मत १२ औँ महाधिवेश सुनिश्चित गरियोस् ।’

त्यस्तै नेपाली काँग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृसंगठनले स्वीकार्ने विश्वास लिएको पनि बताउनु भयो ।

नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित  गर्न मागसमेत गरेको छ ।