१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँं हुँदै थानकोटसम्म ऋषिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन् । 

यातायात सेवाको नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका यात्रुबाहक बसमा जिपिएस प्रणाली जडान गरी एप्समार्फत नियमन तथा अनुगमन समेत गरिने बताउनुभयो ।

नगरपालिकाको यस क्षेत्रमा सार्वजनिक यातायातको सहज पहुँच नपुगिरहेको अवस्थामा आजबाट एकैसाथ सञ्चालनमा आउने २२ वटा बसले यहाँका बासिन्दालाई अब यातायातमा चौतर्फी पहुँच पुगेको बताउनुभयो । चाँगुनारायणबाट भक्तपुरहुँदै रत्नपार्क जाने बससेवा सञ्चालन भइरहेपछि मूलपानी, पेप्सीकोलाहुँदै काठमाडौँसम्म जाने यातायात सेवा नहुँदा समस्या परेकामा अब यो समस्या पनि हटेको उहाँको भनाइ थियो । 

चाँगुनारायणबाट भक्तपुरहुँदै काठमाडौँ जाने र चाँगुनारायणबाटै पेप्सीकोलाहुँदै थानकोटसम्म जान यहाँका बासिन्दालाई अब निकै सजिलो भएको भन्दै उहाँले थानकोटसम्म जाने एउटै रुटको बस यहाँबाट सञ्चालन हुनु निकै उपलब्धि भएको बताउनुभयो । 

चाँगुनारायणबाट काठमाडौँको मूलपानी चौर, पेप्सीकोटा, जडीबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, कुलेश्वर, कलङ्कीहुँदै थानकोटसम्म जाने र सोही रुटबाट फर्कने चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका तर्फबाट चाँगुनारायण–४ का वडाध्यक्ष अध्यक्ष बुद्धिलाल महर्जन र ऋद्धिसिद्धि यातायातका अध्यक्ष लवकुमार केसीले सहमति पत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको थियो ।