• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

पौडेल समूहबाट अलग हुँदै प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह त्याग गरेका छन् ।

आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारका आकांक्षी सिंहले महाधिवेशन तयारीमा केन्द्रीत हुन भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार समेत गरेका छन् । 

वरिष्ठ नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । 

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने गइरहेको बैठकमा आफू उपस्थित नहुने सिंहले पौडेललाई जानकारी समेत गराएका छन् । 

यसअघि १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक रहेका थिए । १३ औं महाधिवेशनमा आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको भन्दै सिंह असन्तुष्ट छन् । 

आसन्न महाधिवेशमा सिंहले आफ्नै टिम बनाउने बताइएको छ ।