१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँडी गाउँमा होम स्टे : सञ्चालकलाई आधारभूत तालिम सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरको वडा ५ मा होम स्टे (घरबास) पर्यटन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ कार्य दिनमा कक्षाहरु सञ्चालन हुनेछन् । हाँडीगाउँमा अहिले पहिचान गरिएका ११ घरसहित तालिममा ३० जना सहभागी हुनुहुन्छ ।  

तालिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिले आयोजना गरेको तालिम उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्धनका लागि काठमाडौँ महानगरको सहयोग रहने धारणा राख्नुभयो । ‘घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्म सम्मान बढाउन सघाउँछ । काठमाडौँको मौलिक खाना, काठमाडौँबासीको सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र पर्यटन प्रबर्धनका सम्पत्ति हुन् । वडा ५ वाट थालिएको कार्यक्रम र यसको सिकाई भित्री सहरी क्षेत्रमा विस्तार गर्न सकिन्छ ।’ खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले काठमाडौँको सर्वाङ्गीण विकास गर्नु छ । यसभित्र महिलाहरुलाई लिने हैसियतबाट दिने हैसियतमा पुर्‍याउनु पर्नेछ । यसका लागि घरबास पर्यटन एउटा सम्भावना बोकेको कार्यक्रम हो ।’

हाँडीगाउँमा भद्रावास, मनमानेश्वरी, मानदेवको कैलाशकुट भवन, २३ प्रकारका स्थानीय बाजा, वार्षिक १३ वटा जात्रा पर्व छन् । हाँडीगाउँको चाखलाग्दो विकास क्रम र ऐतिहासिक कथा छ । घरबास पर्यटनको सम्भावनाका विषयमा वडा सदस्य उत्तम शर्मा भन्नुहुन्छ, ‘व्यवस्थित कार्यक्रम सञ्चालन योजना बनाउँदैछौँ । हामी दिगो पर्यटनका लागि प्रयासरत छौँ ।’

तालिम संयोजक घनश्याम ढकालकाअनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्धन र बजारीकरण, पर्यटन प्रबर्धनका साधन  र उपयोग, नेपालको सन्दर्भमा होम स्टे, होम स्टे सम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ । यसैगरी सफल होम स्टेका व्यवसायिक सफलताका कथा, होम स्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र विदाइ सत्कार, स्थानीइ पर्यटकीय स्थल र सम्पदासँग होम स्टेको सम्बन्ध लगायत विषयलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको छ । 

प्रयोगात्मक कक्षामा पाक शिक्षाअन्तर्गत स्थानीय खाना, खानाको गुणस्तर निर्माण, स्वाद, सजावट र वास्नालगायत विषयमा सीप सिकाइनेछ । हाडीगाउँमा ११ वटा होम स्टे छन् । एउटा घरमा ४ वटासम्म कोठा प्रयोग गर्न सकिन्छ । हाँडीगाउँ सामुदायिक घरबास समितिकी अध्यक्ष शकुन्तता घिमिरेकाअनुसार एक दिनमा हाँडीगाउँ होमस्टेले करीब १५० पाहुनालाई व्यवस्थापन गर्ने सक्ने क्षमता राख्छ । 

बसाइको शुल्क भने प्याकेजका आधारमा तय गरिएको छ । एक दिन मात्र बस्न सक्ने व्यवस्था पनि छ । ०७५ सालबाट थालिएको होम स्टे कोविडका कारण सुस्ताएको थियो । कोविडको असर कम भएसँगै यसलाई उठाउने प्रयास थालिएको हो ।